संक्षिप्त विवरण
ठगी, भ्रष्टाचार, कर छली, संगठित अपराध आदि जस्ता गैरकानूनी गतिविधिहरूबाट प्राप्त रकमको अवैध स्रोतलाई लुकाउने प्रयास गर्ने क्रममा सहकारी संस्थाहरू प्रयोग हुन सक्दछन् । सम्पत्ति शुद्धीकरणको पहिलो चरणको रूपमा सहकारी संस्थाहरूमा गैरकानूनी गतिविधिहरूबाट प्राप्त रकमको स्थानान्तरण हुन सक्ने भएकोले सहकारी संस्थाहरू आफ्नो मातहतमा हुने आर्थिक कारोबारहरु प्रति सतर्क हुनु पर्दछ । तसर्थ सहकारी संस्थाबाट वित्तीय अपराध हुन नदिनका लागि यस सहकारी संस्थाले आवश्यक पूर्वाधारहरुको व्यवस्था गरेको छ ।
नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अनुपालना अन्तर्गत एउटा छुट्टै AML इकाई छ जसमा सम्पत्ति शुद्धीकरण र आतंकवादमा वित्तीय लगानीलाई रोक्ने नीति छ । यसको उद्देश्य सहकारी संस्थालाई सम्पत्ति शुद्धीकरण वा आतंकवादको माध्यमको रूपमा प्रयोग हुनबाट रोक्नको लागि अन्तर्राष्ट्रिय र स्थानीय कानून र सिफारिसहरू लागू गर्नु हो ।
यो नीति सदस्य, व्यवसाय, कर्मचारी र सूचना प्रविधि सम्बन्धी सहकारी संस्थाका अन्य निर्देशनहरूको पूरक हो । यसले सहकारी संस्थाका कर्मचारीहरूलाई नियामक निकायहरूका कानून, नियम र निर्देशनहरू र सम्पत्ति शुद्धीकरण र आतंकवादको रोकथाम सम्बन्धी आन्तरिक निर्देशनहरू बारे परिचित गराउने उद्देश्य राखेको छ । यस नीतिले कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरण वा आतंकवादमा वित्तीय लगानीसँग सम्बन्धित हुन सक्ने कारोबारहरु पत्ता लगाउन, अनुसन्धान गर्न, रिपोर्ट गर्न र संलग्न हुन नदिन मद्दत गर्छ ।
नीतिगत बुँदाहरु
यस सहकारी संस्थाको नीतिले सहकारी संस्थाका कर्मचारीहरुको व्यक्तिगत जिम्मेवारी दर्शाउनुका साथ साथै निम्न विषयहरु पनि समेटेको छः
यस सहकारी संस्थामा एकजना सञ्चालक समितिका कोषाध्यक्ष (संयोजक), महाप्रवन्धक (सदस्य सचिव), र प्रमुख अनुपालना अधिकृत (सदस्य) सहितको जोखिम व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिको बैठकमा आवश्यकता परेमा समितिले विशेषज्ञलाई आमन्त्रण गर्न सक्नेछ । सहकारी संस्थाले नीति, कार्यविधि र निर्देशनहरूको पालना गर्न समग्र जिम्मेवारीका साथ सबै शाखाहरूमा शाखा अनुपालना अधिकारीहरू नियुक्त गरेको छ । सहकारी संस्थाले सदस्यहको व्यक्तिगत तथा व्यवसायिक विवरणको जानकारी प्राप्त गर्नको लागि सदस्यहरुमा नै जिम्मेवारी प्रत्यायोजन गरी विभिन्न फारामहरु प्रयोगमा ल्याएको छ र सहकारी संस्थाका विभिन्न शाखाहरू र अन्य एकाइहरूमा कार्यरत कर्मचारीहरूले पनि सदस्य पहिचान र व्यापार पहिचान गर्ने सीपहरू विकास गरेका छन् ।
सहकारी संस्थाले आफ्नो भावी रणनीति कार्यान्वयन गर्ने क्रममा उच्च आचरणको मापदण्डलाई कायम राख्ने कार्यलाई प्राथमिकतामा दिनेछ । साथै, नियामक निकायहरूबाट प्राप्त भएका निर्देशनहरू र सम्बन्धित विषयहरूमा भएका पछिल्लो विकाशक्रमहरू समावेश गरी वार्षिक रूपमा यस सहकारी संस्थाको नीति परिमार्जन गरिनेछ ।
अनुपालना सम्बन्धित विषयको लागि: