सम्पत्ति शुद्धिकरण निवारण ऐनको परिपालना सम्बन्धमा

सम्पत्ति शुद्धिकरण निवारण ऐनको परिपालना सम्बन्धमा

सम्पत्ति शुद्धिकरण निवारण ऐनको परिपालना सम्बन्धमा

सम्पत्ति शुद्धिकरण निवारण ऐनको परिपालना सम्बन्धमा

संक्षिप्त विवरण

ठगी, भ्रष्टाचार, कर छली, संगठित अपराध आदि जस्ता गैरकानूनी गतिविधिहरूबाट प्राप्त रकमको अवैध स्रोतलाई लुकाउने प्रयास गर्ने क्रममा सहकारी संस्थाहरू प्रयोग हुन सक्दछन् । सम्पत्ति शुद्धीकरणको पहिलो चरणको रूपमा सहकारी संस्थाहरूमा गैरकानूनी गतिविधिहरूबाट प्राप्त रकमको स्थानान्तरण हुन सक्ने भएकोले सहकारी संस्थाहरू आफ्नो मातहतमा हुने आर्थिक कारोबारहरु प्रति सतर्क हुनु पर्दछ । तसर्थ सहकारी संस्थाबाट वित्तीय अपराध हुन नदिनका लागि यस सहकारी संस्थाले आवश्यक पूर्वाधारहरुको व्यवस्था गरेको छ ।

नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अनुपालना अन्तर्गत एउटा छुट्टै AML इकाई छ जसमा सम्पत्ति शुद्धीकरण र आतंकवादमा वित्तीय लगानीलाई रोक्ने नीति छ । यसको उद्देश्य सहकारी संस्थालाई सम्पत्ति शुद्धीकरण वा आतंकवादको माध्यमको रूपमा प्रयोग हुनबाट रोक्नको लागि अन्तर्राष्ट्रिय र स्थानीय कानून र सिफारिसहरू लागू गर्नु हो ।

यो नीति सदस्य, व्यवसाय, कर्मचारी र सूचना प्रविधि सम्बन्धी सहकारी संस्थाका अन्य निर्देशनहरूको पूरक हो । यसले सहकारी संस्थाका कर्मचारीहरूलाई नियामक निकायहरूका कानून, नियम र निर्देशनहरू र सम्पत्ति शुद्धीकरण र आतंकवादको रोकथाम सम्बन्धी आन्तरिक निर्देशनहरू बारे परिचित गराउने उद्देश्य राखेको छ । यस नीतिले कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरण वा आतंकवादमा वित्तीय लगानीसँग सम्बन्धित हुन सक्ने कारोबारहरु पत्ता लगाउन, अनुसन्धान गर्न, रिपोर्ट गर्न र संलग्न हुन नदिन मद्दत गर्छ ।

नीतिगत बुँदाहरु

यस सहकारी संस्थाको नीतिले सहकारी संस्थाका कर्मचारीहरुको व्यक्तिगत जिम्मेवारी दर्शाउनुका साथ साथै निम्न विषयहरु पनि समेटेको छः

        • सदस्य बन्नको लागि आवश्यक कागजातहरू
        • कागजात र जानकारी प्रमाणिकरण्
        • प्रदान गरिएको जानकारीको सत्यता प्रमाणित गर्न लेनदेनको निगरानी
        • कर्मचारी प्रशिक्षण
        • विवरण अपडेट गर्ने

यस सहकारी संस्थामा एकजना सञ्चालक समितिका कोषाध्यक्ष (संयोजक), महाप्रवन्धक (सदस्य सचिव), र प्रमुख अनुपालना अधिकृत (सदस्य) सहितको जोखिम व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिको बैठकमा आवश्यकता परेमा समितिले विशेषज्ञलाई आमन्त्रण गर्न सक्नेछ । सहकारी संस्थाले नीति, कार्यविधि र निर्देशनहरूको पालना गर्न समग्र जिम्मेवारीका साथ सबै शाखाहरूमा शाखा अनुपालना अधिकारीहरू नियुक्त गरेको छ । सहकारी संस्थाले सदस्यहको व्यक्तिगत तथा व्यवसायिक विवरणको जानकारी प्राप्त गर्नको लागि सदस्यहरुमा नै जिम्मेवारी प्रत्यायोजन गरी विभिन्न फारामहरु प्रयोगमा ल्याएको छ र सहकारी संस्थाका विभिन्न शाखाहरू र अन्य एकाइहरूमा कार्यरत कर्मचारीहरूले पनि सदस्य पहिचान र व्यापार पहिचान गर्ने सीपहरू विकास गरेका छन् ।

सहकारी संस्थाले आफ्नो भावी रणनीति कार्यान्वयन गर्ने क्रममा उच्च आचरणको मापदण्डलाई कायम राख्ने कार्यलाई  प्राथमिकतामा दिनेछ । साथै, नियामक निकायहरूबाट प्राप्त भएका निर्देशनहरू र सम्बन्धित विषयहरूमा भएका पछिल्लो विकाशक्रमहरू समावेश गरी वार्षिक रूपमा यस सहकारी संस्थाको नीति परिमार्जन गरिनेछ ।

अनुपालना सम्बन्धित विषयको लागि:

        • मनोज कुमार सेढाईं
        • कार्यान्वयन अधिकृत
        • ईन्द्रचोक शाखा, काठमाडौं
        • सम्पर्क : ०१- ५३४८९०६/०१- ५३२३१४१ एक्सटेन्शन १५